२०८१ जेष्ठ ३१ गते बिहिवार

सल्यानमा शौच गर्न लाइन लाग्नुपर्ने कैदिहरुको दुखेसो



२६ फागुन,घोराही – जिल्ला कारागार सल्यानका कैदीबन्दीले मानव अधिकारको प्रत्याभूति गर्न नपाएको गुनासो गरेका छन् । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठको नेतृत्वमा जिल्ला कारागार अनुगमनको क्रममा कैदीबन्दीले यस्तो गुनासो गरेका हुन् ।

३५ जना क्षमता रहेको कारागारमा अहिले एक सय ११ जना कोच्चिएर बस्नुपर्ने बाध्यता छ । कैदीबन्दीले कारागारमा खानेपानी, शौचालय, सरसफाइ र सुत्नलाई समस्या हुने गरेको बताएका छन्।

जिल्ला कारागारका चौकीदार नीमलाल बिष्टले कारागारमा रहेका समस्याबारे कुनै पनि निकायले चासो नदिएको गुनासो गर्नुभयो । साँघुरो ठाउँका कारण समस्या भएको उहाँको भनाइ छ ।

जिल्ला कारागार तथा जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत अनुगमनपश्चात मुख्य न्यायाधिवक्ता श्रेष्ठले यहाँको समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्