२०८१ भाद्र २९ गते शनिवार

राष्ट्रिय दलित पत्रकार संघको महाधिवेशन बुटवलमा हुने



२६ फागुन,घोराही – राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशन बुटवलमा हुने भएको छ। महाधिवेशन फागुन २८, २९ र चैत १ गते सम्म हुने छ।

संघले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। महाधिवेशनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ।

महाधिवेशन उद्घाटनअघि बिहान ८ बजे सांस्कृतिक झाँकीसहितको र्‍याली निस्कने संघका अध्यक्ष विनोद पहाडीले जानकारी दिए।

महाधिवेशनमा टीआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार ९डिबी परियार० स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार वितरण गरिने अध्यक्ष पहाडीले बताए।

यसका साथै संघले दलित समुदायका सञ्चारकर्मीहरूका लागि लेखनवृत्तिसमेत प्रदान गर्ने छ।

यसैगरी महाधिवेशनका अवसरमा ‘आमसञ्चार र समावेशिताको सवाल’, ‘मिडियामा महिला ः दलित महिला’ र ‘दलित आन्दोलन युवा र आम सञ्चार’ विषयमा छुटाछुट्टै कार्यशाला गोष्ठी गर्ने उपाध्यक्ष गोपाल बराईलीले बताए।

देशभरबाट ४०० पत्रकार बुटवल आउने संघले जनाएको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्