२७ माघ,घोराही –
आज दाङमा एक जना कारोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर ११ का ६० वर्षिय पुरुष रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । उनीलाई हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचाररत ती पुरुषको आज विहान ७ः४० को समयमा मृत्यु भएको केन्दले जनाएको छ । यस्तै दाङमा बैशाखयता कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।।
प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार