२७ माघ,घोराही –
लमहीको कृपा पोलिक्लिनिक एन्ड मेडिकल हल सिल भएको छ । औषधि ब्यवस्था बिभाग क्षेत्रीय कार्यालय नेपालगंजले अनुगमन गर्दा मेडिकल मापदण्ड बिपरीत संचालन भएको पाइएपछि सिल गर्नु परेको नेपाल औषधि ब्यवस्था बिभाग शाखा कार्यालय नेपालगंजका अधिकृत धनेश्वर बोहोराले जानकारी दिनुुभयो ।
मेडिकलले औषधि ब्यवस्था बिभागको मापदण्ड बिपरित मानसिक रोगका बिरामीहरुका लागि मानसिक रोगका चिकित्सक बिना गैर कानूनीरुपमा औषधि बिक्री बितरण गर्ने गरेको, मेडिकलमा फार्मेसी पढेका ब्यक्ती नभई अन्य ब्यक्तीद्धारा औषधि बितरण गर्ने गरेको र औषधि ब्यवस्था बिभागको मापदण्ड बिपरित संचालनमा आएको पाईएकोले मेडिकललाई अनिश्चितकालका लागि सिल गरिएको अधिकृत बोहोराको भनाई छ ।
क्षेत्रिय कार्यालय नेपालगंजले उक्त प्रतिबेदन केन्द्रीय औषधि बिभागमा पठाउने तयारी गरेको पनि क्षेत्रिय कार्यालय नेपालगंजले जनाएको छ । मेडिकलले गरेको ज्यादती उपर क्षेत्रिय कार्यालय नेपालगंजमा परेको लिखित र मौखिक गोप्य सुचनाको आधारमा अनुगमन गर्दा सो कुरा पाईएको अनुगमनमा आएका अधिकृत बोहोराले बताउनुुभएको छ ।।