२८ माघ,घोराही ।
जिल्ला प्रशासन कार्याय दाङले शारिरीक अशक्त भएका ब्यक्तिले भाडामा पाउँदै आएको छुट कार्यान्वयन गर्न सम्बन्धित बस व्यवसायीलाई निर्देशन जारी गरेको छ । प्रशासनले आज एक विज्ञप्ती जारी गरी शारीरिक अशक्त भएका ब्यक्तिले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा दिनु पर्ने भडामा ५० प्रतिशत छुट दिन र सेवा सुविधा तथा अन्य मानवीय एवम् सहयोगात्मक व्यवहार गर्न निर्देशन जारी गरेको हो ।विज्ञप्तीमा माघ २१ गते प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित यातायात व्यवसायी तथा सरोकारवाला निकायबीचमा बसेको बैठकले शारिरीक अशक्त भएका व्यक्तिले पाउँदै आएको छुट कार्यान्वय गर्ने निणर्य गरेको उल्लेख छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चिर्रञ्जिवी राणाले जारी गर्नुभएको विज्ञप्तीमा छुट कार्यान्वय नगरेको पाइएमा कानुन बमोजिम कार्बाही गर्ने चेतावनी दिइएकको छ ।विज्ञप्तीमा शारिरीक अशक्त भएका ब्यक्तिलाई सार्वजनिका सवारी साधनमा अनिवार्य सिटको ब्यवस्था गर्नु पर्ने, पैदलमा रहेकालाई सडक पार गर्न सहयोग गर्नुपर्ने, सवारी सधान सिमित गतिमा चलाउनु पर्ने, सहयोगात्मक ब्यवहार गर्नु पर्ने लगायत रहेको छ ।