२०८१ फाल्गुन ३ गते शनिवार

सल्यानमा कम्प्यूटर चोरी गरेको आरोपमा तीन जना पक्राउ



२८ माघ,घोराही ।
सल्यानमा विद्यालयको कम्प्यूटर चोरी गरेको आरोपमा तीन जना विद्यार्थी पक्राउ परेका छन् । शारदा नगरपालकिा ६ को मदमकाँडा विद्यालयको कम्प्यूटर चोरी गरेको आरोपमा माघ २२ गते राती ३ जना विद्यार्थी पक्राउ परेका हुन् ।

पक्राउ परेका एक जना विद्यार्थी १५ वर्षका र दुइजना १८/१८ वर्षका भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पक्राउ परेका तीनै जनाले श्रीनगरमा रहेको शिवजन माविमा कक्षा ९, ११ र १२ मा अध्ययन गर्ने गरेको प्रहरीको भनाइ छ ।

विद्यालयको कम्प्यूटर चोरेर श्रीनगरमा कोठामा लैजाँदै गर्दा राती गस्तीमा रहेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिनुभयो । अहिले तीनै जनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्