२८ माघ,घोराही ।
गत माघ १५ गते देखि वेपत्ता भएका घोराही ५ भैसापथ्राका २२ वर्षिय देवेन्द्र ओलीका आफन्तले आज घोराहीमा पत्रकार सम्मेलन गरेका छन ।हराएको करिव १३ दिन सम्मपनि ओलीको अवस्था अज्ञात रहेकाले खोजिकार्यमा सहयोग गरिदन घोराहीमा पत्रकार सम्मेलन गरिएको हो ।
ओली विद्यालय समयमा हराएको भन्दै घटनाबाट विद्यालय पन्छिन खोजेको आफन्तले आरोप लगाएका छन । उता जिल्ला प्रहरी कार्यालय दाङले खोजी कार्यमा सकृयता नदेखाएको परिवारले गुनासो गरेको छ ।
प्रहरीले आशंका गरिएका व्यक्तिमाथी सामान्य छलफल गरेर छोड्ने गरेको भन्दै घटनाको गहिराईमा छिटोभन्दा छिटो पुग्न आग्रह गरिएको छ ।घटनाको आशंकामा रहेका व्यक्ति माथी छिटोभन्दा छिटो छानविन गर्न पिडित परिवारको माग रहेको छ ।।