२०८२ बैशाख १८ गते बुधवार

कर्णालीका सात जिल्लामा कोरोना संक्रमितको संख्या शून्य



२८ माघ,घोराही ।
कर्णाली प्रदेशका सात जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो ।

दैलेखमा एक हजार ६ सय ८४, जाजरकोटमा एक सय ५९, सल्यानमा ६ सय ९३, रुकुम पश्चिम २ सय ५७, कालीकोटमा ३ सय ३१, हुम्लामा ६१ र मुगु ४१ जनामा कोरोना संक्रमण देखिएको थियो । ती जिल्लाका सबै संक्रमित निको भएसँगै संक्रमण शून्य देखिएको हो ।

कर्णाली तीन जिल्लामा मात्र कोरोना संक्रमणका सक्रिय बिरामी छन् ।सुर्खेतमा २७, जुम्लामा तीन र डोल्पामा एक जना गरी ३१ जना संक्रमित रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेशमा ९७ हजार २ सय ३९ जनामा पीसीआर परीक्षण गरिएकामा सात हजार ५ सय ३४ जनामा कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमणका कारण कर्णालीमा ३१ जनाको मृत्यु भएको छ ।।

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्