२०८१ फाल्गुन ४ गते आइतवार

बन्दुक पड्कँदा दाङमा एकजनाको मृत्यु



२८ माघ, दाङ । दाङमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्कँदा एकजनाको मृत्यु भएको छ ।

दगढवा गाउँपालिका–२, तिरतिरे डाँडास्थित जंगलमा सिकार खेल्ने क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय सूर्यबहादुर रानाले बोकेको भरुवा बन्दुक पड्किएर उनकै दाइ ४० वर्षीय इन्द्रबहादुर रानाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीचौकी गोबर्डिया र इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले सूर्यबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्