२६ पुस, घोराही-दाङको घोराहीमा कवि प्रेमप्रकाशद्धारा लिखित कविता संग्रह ‘रगतको तर्पण’ माथी बहस गरिएको छ । शुक्रबार सर्वोदय पुस्तकालयको सभाहलमा साहित्यकार टिका बहादुर बस्नेत, सन्ध्या रेग्मी र नविन अभिलाषिले वक्ताको रुपमा रगतको तर्पन र समग्र कविताकाबारेमा चर्चा गरेका थिए ।
रोल्पाका कवि प्रेमप्रकाशले समाजका यर्थात कथाबस्तुलाई कविता मार्फत पाठक माझ पु¥याउन सफल भएको बताएका हुन् । समाजका समसामयिक घटनाहरूबारे कविताको रसद्वारा समाजलाई सुगन्ध छर्ने काम गरेको उनीहरुको भनाई थियो।
यस्तै उनीहरुले साहित्यले हरपल समाजमा रहेका विसङ्गति, विकृति, अन्याय, अत्याचार बिरुद्ध बेसहारालाई सहारा दिई ज्ञानको ज्योति समुदायमा फैलाउन मद्दत गर्ने पनि बताए । शन्तोष हरदमले संयोजन गरेको कार्यक्रमको सहजिकरण राजेन्द्र गौतमले गरेका थिए ।