२६ पुस, दाङ –
सहकारी संस्थाको रकम हिनामिना मुद्दामा संस्थाका दुई जना पूर्वअध्यक्षहरु कारागार चलान भएका छन् । देउखुरीको राप्ती गाउँपालिका—५ सिसहनियाँमा प्रधान कार्यालय रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्षद्धय किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली कारागार चलान भएका हुन् ।
पुस २५ गते आइतबार भण्डारी र ज्ञवाली आफै दाङ देउखुरी जिल्ला अदालत घोराहीमा उपस्थित भएर बयान दिए लगत्तै भएको थुनछेक बहसबाट अदालतका मुख्य न्यायधिस रितेन्द्र थापाको इजलासले भण्डारी र ज्ञवालीलाई जनही ५०/५० लाख धरौटी माग गरेको थियो ।
माग गरेको धरौटी बुझाउन नसकेपछि अदालतले तत्काल पूर्पक्षका लागि भण्डारी र ज्ञवालीलाई कारागार चलान गरेको अदालतका सुचना अधिकारी राजेन्द्रकुमार शर्माले जानकारी दिएका छन् । भण्डारी र ज्ञवाली हाल कारागार कार्यालय घोराहीको थुनामा रहनु भएको अदालतका सुचना अधिकारी शर्माले जानकारी दिए ।।