२०८१ माघ १२ गते शनिवार

लमहीको एक कपडा गोदाममा आगलागी हुँदा २५ लाखको क्षति



२६ पुस, घोराही – दाङको लमही स्थित एक कपडा गोदाममा आगलागी भएको छ । आगलागीबाट करिब २५ लाख बराबरको कपडा पूर्णरुपमा क्षति भएको छ ।

लमही नगरपालिका वडा नम्बर ५ लमही गल्लीमा रहेको सतिश गुप्ताको कपडा गोदाममा सोमबार अपरान्ह ढेढ बजेको समयमा अचानक बिद्युतको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कपडा राखेको दुई वटा कोठा र गुप्ता सुत्ने कोठामा आगलागी भएको प्रहरी जनाएको छ । आगलागी भएको खबर पाए लगत्तै लमही नगरपालिकाको दमकल, वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीय घटनास्थल पुगेका थिए ।

समयमै आगोलाई नियन्त्रण लिंदा वरपरका घरमा क्षति हुनबाट जोगिएको स्थानीय गणेश चौधरीले बताए । गोदाममा राखेका सबै कपडा जलेर नष्ट भएको र अन्य मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ ।।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्