२६ पुस, घोराही – घोराही उपमहानगरपालिकाले साढे २२ हजार बालबालिकालाई कोरोना भाइरस बिरुद्धको खोप लगाएको छ । यही पुुस २० गते देखी आज सम्म १२ देखी १७ बर्ष उमेर समूहका २२ हजार ४ सय ५५ जना बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाएको हो ।
८० बढी विद्यालयहरुमा पुुगेर बालबालिकालाई खोप लगाईएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुुभएको छ । ११ हजार ५ सय ५ जना छात्रा र १० हजार ९ सय ५० जना छात्रलाई मोडर्ना खोप लगाईएको छ ।
अबको एक महिना पछि ति बालबालिकालाई दोस्रो डोज खोप लगाईने शाखा प्रमुख घर्तीको भनाई छ । यसैबिच एक साताको बिचमा घोराही उपमहानगरपालिकाले साढे ६३ हजार नागरिकलाई कोरोना बिरुद्धको खोप लगाएको छ ।
मोडर्ना पहिलो मात्रा २२ हजार ४ सय ५५, भेरोसेल दोस्रो मात्रा ३१ हजार २ सय ८४, भेरोसेल पहिलो मात्रा ५ सय ६७, कोभिशिल्ड एष्ट्राजेनेका दोस्रो डोज ६३, जोन्सन एण्ड जोन्सन ९ हजार ३ सय २४ जना गरि ६३ हजार ६सय ९३ जनाले एक सातामा खोप लगाएको शाखा प्रमुख घर्तीले जानकारी दिनुुभएको छ ।
नगर भित्रका करिब ९८ प्रतिशत नागरिकहरुले पहिलो डोज खोप लगाईसकेको उहाँको भनाई छ ।।