२६ पुस,घोराही ।
दाङमा किटको अभाव हुदा कोरोना परिक्षण रोकिएको छ । संक्रमण थाहा पाउन गरिने परीक्षणको काम दाङमा ठप्प भएको छ । स्वाव परीक्षण हुँदै आएको दाङको एकमात्र स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा किट सकिएपछि स्वाब परीक्षण ठप्प भएको हो ।
किट अभाव भएपछि प्रतिष्ठानमा तीन दिनयता स्वाब परीक्षण ठप्प भएको छ । किट सकिएर परीक्षण रोकिएपछि नागरिकहरुले स्वाब परीक्षण गराउन पाएका छैनन् । प्रतिष्ठानका निमित्त रजिष्ट्रार झंकार लामिछानेले स्वास्थ्य मन्त्रालयले किटको अभाव रहेको बताएपछि दाङमा पनि परीक्षण रोकिएको बताउनुभयो ।
प्रतिष्ठानले किट सकिनु अगावै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई किट उपलब्ध गराउन पत्राचार गरेको थियो । तर मन्त्रालयले पनि किट अभाव भएपछि किट ल्याउन नसकिएको लामिछानेको भनाई रहेको छ ।।