२६ पुस,घोराही ।
दाङमा बजाज कम्पनीको डोमिनार २५० मोडेलको मोटरसाइकल लन्च गरेको छ । घोराहीमा रहेको बजाज कम्पनीको अधिकारीक बिक्रेता राप्ती अटो ईन्जिनियरीङले आज एक औपचारीक कार्यक्रमको आयोजना गरि नयाँ डोमिनार २५० टप फाईभ एस लन्च गरेको हो ।
मोटरसाईकलको नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन र राप्ती अटो ईन्जिनियरीङका प्रोपाईटर बलदेब योगीले लन्च गर्नुभएको हो ।
बजाजले ल्याएको नयाँ डोमिनार २५० टप फाईभ एस मोटरसाईकलमा २४८.७७ सीसी एफआई इन्जिनको पावर रहेकोछ । नयाँ नयाँ टेक्नोलोजीका मोटरसाइकल ल्याउँदै आएको ईन्जिनियरिङले पछिल्लो पटक डोमिनार २५० बजारमा ल्याएको होे ।
बजाज डोमिनार २५० मोटरसाईकलमा सिलिन्डर, लिक्विडकुल्ड, ट्विनस्पार्क, ४–स्ट्रोक, ४–भल्व राखिएको प्रोपाईटर योगीले जानकारी दिनुुभयो ।
डोमिनार २५० मा १३२ किमि प्रतिघन्टासम्मको स्पिड छ भने यो १०.५ सेकेन्डमा ०–१०० किमि प्रतिघन्टाको स्पिडसम्म कुद्न सक्ने छ ।
त्यसैगरि नयाँ लन्च भएको मोटरसाईकल अन्य मोटरसाईकल भन्दा आकर्षक, बढी माइलेज दिने,अन र अफ रोड दुबैमा सजिलै चल्ने,बस्नका लागि आरामदायी सिटलगायतका विशेषताका कारण सवैको रोजाईमा पर्ने विश्वास व्यक्त गर्नुभएको छ ।