२०८२ बैशाख ९ गते सोमवार

दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु



२६ पुस,घोराही । दाङमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ।
लमही नगरपालिका वडा नम्बर ५ गोरक्ष टोल निवासी ५० वर्षीय देवी गैरेको आफ्नो घरको छतबाट खसेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

कपडा सुकाउने क्रममा तीन तले घरको छतबाट खस्दा घाइते भएको र उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०७७ पुष २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्