२६ पुस, दाङ । दाङबाट उपचारका लागि बाँके पुगेका एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा दाङको बबई–६ की ८० वर्षीया वृद्धाको आइतबार बिहान मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार दाङकी ८० वर्षीया महिला पुस १० गते कोरोना संक्रमण पुष्टि भएकोमा सही दिन भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा आइतबार बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति : २०७७ पुष २६ गते आइतवार