२४ मंसिर,दाङ- घोराही उपमहानगरपालिका–७ स्थीत माध्यामिक विद्यालय सौडियारमा सञ्चालित श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञमा एकैदिन साढे तीन लाख बढी दान संकलन भएको छ । महायज्ञको चौथो दिन सोमवार तीन लाख ७० हजार नौ सय ३१ रुपैयाँ दान संकलन भएको हो । महायज्ञमा सोमवार सवैभन्दा धेरै घोराही उपमहानगरपालिका–७ कनरिया निवासी हाल अमेरिका बस्दै आउनुभएका थम्मन अधिकारी र गोमा अधिकारीको परिवारले एक लाख एक हजार एक सय पाँच रुपैयाँ माध्यामिक विद्यालय सौडियारको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि दान गर्नुभएको महायज्ञका आर्थिक उपसमिति संयोजक हिरालाल न्यौपानेले जानकारी दिनुभएको छ ।
संयोजक न्यौपानेका अनुसार उक्त रकम अधिकारीको परिवारले महायज्ञमा हस्तान्तरण गर्नुभएको थियो । महायज्ञमा एक लाख बढी दान गर्ने अधिकारीको परिवारलाई पञ्चेबाजासहित घरदेखि महायज्ञस्थलसम्म स्वागत सम्मान गरिएको थियो । त्यसैगरी चौथो दिन नै घोराही उपमहानगरपालिका–७ बेसाही निवासी नेत्रलाल उपाध्यायले ५१ हजार पाँच सय रुपैयाँ धान गर्नुभएको छ । महायज्ञमा सवैभन्दा बढी रकम दान गर्ने दाताहरुलाई कथाबाचक पंण्डित कोमल उपाध्यायले खाता, मालासहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । योसँगै हालसम्म महायज्ञमा सात लाख ७० हजार बढी आर्थिक दान संकल भएको छ ।
त्यसैगरी महासंज्ञमा चौथो दिन सवैभन्दा धेरै धान संकलन भएको छ । धनधाञ्जल दान गर्ने संख्या बढेसँगै चौथो दिन ७३ मुरी धान स्थानीय समुदायबाट संकलन भएको आर्थिक उपसमिति संयोजक न्यौपानेले जानकारी दिनुभएको छ । योसँगै महायज्ञमा एक सय ६० मुरी धान संकलन भएको छ । महायज्ञमा बढ्दै चहलपहल महायज्ञमा चहलपहल बढ्दै गएको छ । विद्यालयको भौतिक विकास तथा शैक्षिक सुधारका लागि आर्थिक संकलन गर्ने उद्देश्यले सञ्चालित महायज्ञमा दान गर्ने दातासँगै कथा श्रवण तथा नाचगान गर्नेदेखि भक्तजनको सहभागीता बढ्दै गएको हो ।
महायज्ञमा पुरुषभन्दा महिला दाता तथा भक्तजनको सहभागीता बढी हुने गरेको अनुगमन समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भीमप्रकाश खड्काले बताउनुभएको छ । संयोजक खड्का अनुसार महिला भक्तजन तथा दाताको संख्या बढ्दा सोमवार महायज्ञस्थलमा निर्माण गरिएको पण्डाल भरिएको थियो । महायज्ञको चौथो दिन पूर्व राष्ट्रियसभा सदस्य तथा लोक गायिका कोमल वली, प्रदेशसभा सदस्य रेखा शर्मा, घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी, घोराही उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख नारायण पौडेललगायतले महायज्ञको अवलोकन गर्नुभएको थियो ।
यहायज्ञमा पुग्नुभएकी पूर्व राष्ट्रियसभा सदस्य तथा लोक गायिका वलीले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि सञ्चालन भएको महायज्ञमा दान गर्न सवैलाई आग्रह गर्नुभएको थियो । उहाँले महायज्ञ धर्म संस्कृतिको संरक्षण गर्ने मात्र नभएर समाजको विकासका लागि समेत योगदान पु¥याउने काम गरिरहेकाले शिक्षा क्षेत्रको विकासका लागि सञ्चालित महायज्ञमा सवैको साथ र सहयोग हुनुपर्ने बताउनुभयो । सानो सहयोगबाट ठुलो काम गर्न सकिने भन्दै त्यसका लागि सवैले सक्ने सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
महायज्ञमा विहान नियमित पूजासँगै दिउँसो भागवत कथा श्रवणका लागि भक्तजन तथा दाताको सहभागीता अन्य दिनको तुलनामा बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक निशानदाजु भट्राईले बताउनुभयो । उहाँले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि महायज्ञमा धान दानलगायत महायज्ञ सञ्चालनका लागि आवश्यक पर्ने चामल, तरकारीलगायतका खाद्यन्न समेत नागरिकस्तरबाट सहयोग संकलन भइरहेको बताउनुभयो ।
श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञको कथाबाचकमा पंण्डित कोमल उपाध्याय र एक सय ८ भागवत संकल्पकर्तामा डिला पाण्डेय रहनुभएको छ । महायज्ञमा विहान नियमित पुजासँगै दिउँसो ११ बजेदेखि चार बजेसम्म भागवत कथावान, साढे चार बजे आरती र साँझ सात बजेदेखि नौ बजेसम्म कथा बाचनसँगै भजन कृतन हुने गरेको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।