२०८१ माघ ५ गते शनिवार

सल्यानमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु



२४ मंसिर,सल्यान- सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी चालक दाङको तुलसीपुर उपमहानगरपालिका-९ नयाँबस्तीको थर्कुडाँडा घर भएका २८ वर्षीय अनिल विकको मृत्यु भएको हो ।

आज कालिमाटी गाउँपालिका-१ बाँसखोला नजिकै से १ च ५९५१ नम्बरको ट्याक्टर पल्टिएको हो । बाँसखोला नजिकै साँघुरो घुम्तीमा घुमाउने क्रममा ट्याक्टर पल्टिएको र चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाुबराम बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्