२०८१ माघ ४ गते शुक्रवार

दाङबाट काठमाडौं जाँदै गरेको बस गैंडाकोटमा दुर्घटना, १५ घाइते



२३ मंसिर,घोराही-
दाङबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस नवलपरासीको गैंडाकोटस्थित जयश्री पुल नजिकै पल्टिँदा १५ जना घाइते भएका छन् । आज बिहान ना ७ ख ४०३८ नम्बरको बस गैंडाकोट नगरपालिका ७ जयश्री पुल नजिकै दुर्घटनामा परेको हो ।

घाइते सबैको पुरानो मेडिकल कजेजमा उपचार भइहरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार बस अनियन्त्रित भई सडकबाट अन्दाजी २८ फिट तल पल्टिएको थियो ।

दुर्घटनामा परी पूर्वी नवलपरासीको गैंडाकोटकी ४ वर्षीया बालिका पार्वती उपाध्याय, गैंडाकोटकै दयाराम शर्मा, प्रदीप तिवारी, काठमाडौं सीतापाइलाका प्रकाश घिमिरे, दाङका लिला कुमाल लगायत १५ जना घाइते भएको प्रहरीले वजाएको छ । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनापछि बस चालक भने फरार छन् ।। file photo

 

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्