२०८१ माघ १२ गते शनिवार

इट्टाभट्टामा लैजान लागिएका सल्यानका ६ बालबालिकाको उद्धार



२३ मंसिर,सल्यान- इट्टाभट्टामा लैजान लागिएका ६ बालबालिकालाइ जिल्ला प्रहरी कार्यालय सल्यानले उद्धार गरी घर फर्काएको छ । बनगाड कुपिण्डे नगरपालिका–१० निवासी १३ वर्षीय बालक, ११ वर्षीया बालिका,९ वर्षीय बालक,५ वर्षीया बालिका, ७ वर्षीय र ५ वर्षीय दुइ बालक गरी ६ बालबालिकालाइ उद्धार गरी अभिभावकसंगै घर पठाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

उनिहरुलाइ इट्टाभट्टामा काम गर्न लैजान लागेको खबर पाएपछि प्रहरीले उनिहरुलाइ सल्यानको श्रीनगरबाट उद्धार गरेको थियो । उनिहरुलाइ मनोपरामर्श गरी इन्सेकको रोहबरमा अभिभावक संगै घर फर्काइएको हो ।

बालबालिकाहरुलाइ इट्टाभट्टामा लगेर काम लगाउनु भन्दापनि आफुहरुले मजदुरी गर्ने र बालबालिकालाइ पनि उतै लगेर पढाउने उद्देश्यले जान लागेको बालबालिकाका आफन्तले बताएका छन् ।

घरमा आय आर्जनको कुनैपनि माध्यम नभएको र खान बस्न समस्या भएका कारण काठमाण्डौ ,धादिगं लगायतका इट्टाभट्टामा गएर मजदुरी गर्नु पर्ने बाध्यता रहेको उनिहरुको भनाइ छ । उनिहरु जस्तै मजदुरीका लागी सल्यान,रुकुम तथा रोल्पाबाट इट्टाभट्टामा काम गर्न जाने बालबालिकाको संख्या उल्लेख्य मात्रामा रहेको छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्