२३ मंसिर,घोराही-
सरकारले देशभरका १० जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ । बेमौसमी वर्षाका कारण सुदूरपश्चिमका ६ जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै गृह मन्त्रालयले १० जिल्लाका ३० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले कात्तिक ३÷४ गते बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकोले सङ्टग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो।
सोही माग बमोजिम मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम २०७८ माघ मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।
सरकारको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशको ६, लुम्बिनीको १ र प्रदेश १ को ३ जिल्लाका ३० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले बताउनुभयो ।
असोज अन्तिम सातादेखि परेको बेमौसमी वर्षाका कारण आएको बाढीपहिराले दजर्नौंको मृत्यु भएको थियो भने करोडाँैको बालीनाली नोक्सान भएको थियो ।।