२४ माघ ।
दाङमा कोरोना भाइरस संक्रमितको संख्या ३२ सय ४४ पुगेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले सम्म २२ हजार ६ सय ५२ जनाको पिसिआर परिक्षण गर्दा संक्रमितको संख्या ३ हजार २ सय ४४ पुगेको हो ।
संक्रमित मध्य २ हजार ८ सय ८८ जना कोरोना मुक्त भैसकेका छन् । अहिले ३ सय २० जना सकृय संक्रमित रहेका छन् ।
ति मध्य २ सय ७६ जना घरमै र ४४ जना संस्थागत आइसोलेशनमा रहेका स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । दाङमा अहिले सम्म ३६ जना संक्रमितको मृत्युभएको छ ।।
प्रकाशित मिति : २०७७ मङ्सिर २४ गते बुधवार