२४ मंसिर ।
मापदण्ड विपरीत सञ्चालनमा रहेका दाङका १० वटा क्रसर उद्योग बन्द भएका छन् । मापदण्ड विपरीत सञ्चालित तुलसीपुर क्षेत्रका स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रालि, जनविश्वास बालुवा वासिङ उद्योग, गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, मंगलम् बालुवा प्रशोधन उद्योग बन्द भएका हुन् ।
लमही क्षेत्रको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बगारवावा बालुवा प्रशोधन उद्योग, सतवरिया क्षेत्रमा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवामा रहेको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग पनि बन्द भएका छन् ।
यी उद्योगहरुले बालुवा प्रशोधनको अनुमती लिएर क्रसर उद्योग चलाएका थिए । जिल्ला प्रशासनको अगुवाईमा गरिएको अनुगमनमा ति बालुवा प्रशोधन उद्योगले क्रसर उद्योग समेत सञ्चालन गरेको पाइएको थियो ।
अनुगमन पश्चात १५ दिन भित्र बन्द गर्न निर्देशन दिए अनुसार क्रसर उद्योग बन्द भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभया