२०८१ चैत्र १० गते आइतवार

दाङमा पनि भ्रष्टाचार बिरुद्धको दिवसका अबसरमा खबरदारी



२४ मंसिर । अन्र्तराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसरमा घोराहीमा ¥यालि सहितको कार्यक्रम सम्पन्न भएको हो ।
दाङ घोराहीको ट्राफिक चोक देखि बजारका विभिन्न भाग परिक्रमा गरि तुलसीपुर चोकमा पुगि कोणसभा गरेको हो । हाम्रो नेपाल, हामी नेपाली भ्रष्टाचार बिरुद्धको महाअभियानले घोराहीमा भ्रष्टाचारलाई नियन्त्रण गर्न सबै सचेत बनौ भन्दै ¥याली गरेको हो ।

गाउँतह देखि प्रदेश हुदै केन्द्रिय तह सम्म भ्रष्टचार मौलाउदै गएको भन्दै यति बेला सरकारको चर्को आलोचना हुदै आएको छ ।
नेपालमा निजी, सरकारी र गैर सरकारी सबै निकायमा भ्रष्टचार व्यापक रुपमा बढिरहेको छ ।

नेपालमा अहिले धेरैजसो विकास निर्माणका काममा भ्रष्टचार हुने गरेको हाम्रो नेपाल हामी नेपाली अभियानका दाङ जिल्ला संयोजक प्रदिप राज कुवंरले बताउनुभयो ।शुसासनका लागि अभियान नारा दिईएको कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक र आर्थिक विकासको बाधक नै भ्रष्टाचार भएको बताएका थिए ।।

 

प्रकाशित मिति : २०७७ मङ्सिर २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्