२०८१ चैत्र ११ गते सोमवार

सल्यानमा टयाक्टर दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु



२४ मंसिर ।

सल्यानमा टयाक्टर दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ । मंगलबार साँझ ५ बजे तिर बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारबाट वामे जाँदै गरेको भे २ त २७२ नम्बर को टयाक्टर बनगाड कुपिण्डे नगरपालिका ३ च्युरिगैरा नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिएका छ्न । दुर्घटनामा परी टयाक्टर चालक बनगाड कुपिण्डे नगरपालिका २ वामेका २१ वर्षीय लोकश वि.क को निधन भएको प्रहरी प्रबक्ता प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।
टयाक्टर सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको थियो । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्