२०८१ मङ्सिर १६ गते आइतवार

जनगणनाको तयारी पूरा, दाङमा खटिए ८०४ जना गणक



२३ कार्तिक,घोराही –
राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा भएको छ । ‘मेरो गणना मेरो सहभागीता’ भन्ने नाराका साथ सञ्चालन हुन लागेको १२ औं जनगणनाको तयारी पूरा भएको हो ।
दाङमा पनि जनगणनाका लागि तयारी पूरा भएको जिल्ला जनगणना कार्यालय दाङका प्रमुख तुलसीराम पोखरेलले जानकारी दिनुभयो ।

दाङसहित देशैभर कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणकहरु नागरिकको घर–घरमा पुगेर विभिन्न तथ्यांकहरुसंकलन गर्नेछन् । जसका लागि दाङका १० पालिकाका सय वडामा ८ सय ४ जना गणक खटिएको प्रमुख पोखरेलले बताउनुभयो ।

गणकहरुलाई कहाँ–कसरी तथ्यांक संकलन गर्ने लगायतको विषयमा तालिम दिइसकिएको उहाँको भनाई छ । दुई चरणमा गरिने जनगणनामा यसअघि सुपरीवेक्षकले पहिलो चरणको समान्य तथांक संकलन गरिसकेका छन् । अब दास्रो चरणमा गणकहरुले पूर्ण विवरणसहितको तथ्यांक संकलन गर्नेछन् ।

नागरिकहरुले आफ्नो घर–घरमा आउने गणकहरुलाई सहि, सत्य, तथ्य विवरण दिएर सहयोग गरे मात्र जनगणना सफल हुने जिल्ला जनगणना कार्यालय दाङका प्रमुख पोखरेलको भनाई छ । उहाँले सबै नागरिकलाई सत्य, तथ्य विवरण दिन पनि आग्रह गर्नुभएको छ ।।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्