२३ कार्तिक,दाङ –
दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लाका कारागारहरुको अबस्था सुधार हुदैजाने बताउनुभएको छ । तुलसीपुरमा रहेको कारागारको निरिक्षण पछि उहाँले समय अनुसार कारागारको भौतिक अबस्था,ब्यबस्थापन पक्ष र सेवा सुबिधाहरु डिजिटल प्रणाली अनुसार परिमार्जन गर्दै लैजानु पर्ने बताउनुभएको हो ।
उहाँले पुरानो कारागार ऐनलाई परिमार्जन गरेर ससोधन सहितको नया एन ल्याउनुपर्ने समेत बताउनुभयो । कारागारमा रहेका कैदि बन्दिहरुलाई सिपमुलक कार्यमा लाग्न राज्यले प्रोत्साहन गर्नुपर्नेमा समेत उहाँको जोड रहेको थियो ।
उहाँले जिल्लाका सबै कारागारहरुको अबस्था सुधार गर्न आफु लागि पर्ने प्रतिबद्दता समेत ब्यक्त गर्नुभयो । तुलसीपुर कारागारमा हाल २८ जना महिला ३ जना बालबालिका र १३ जना बिदेशि नागरिक सिहित ४ सय ९७ जना कैदिहरु रहेका छन।।