२०८१ माघ १२ गते शनिवार

भरतनाथ योगीः २४ वर्षसम्म एक्लै लडे र जिते



२३ कार्तिक,घोराही –
तत्कालीन माओवादी द्वन्द्वकालमा सरकार पक्षबाट चार वटा गाडी कब्जा गरिएका दाङका यातायात व्यवसायी भरतनाथ योगीले २४ वर्षपछि न्याय पाउनुभएको छ ।

सर्वोच्चले सरकारका नाममा परमादेश जारी गरेसंगै घोराही उपमहानगरपालिका वडा नम्बर ४ का यातायात व्यवसायी योगीले तत्कालीन राज्य पक्षबाट कब्जा गरिएका गाडीको कब्जा गरिए अवधिसम्मको क्षतिपूर्ति पाउनुहुने भएको छ ।

सर्वोच्चले योगीलाई १ करोड ४ लख ९७ हजार ८ सय ६६ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सरकारका नाममा परमादेश जारी गरेको हो ।

सेनाले उहाँका ना २ ख २४४३, ना २ ख ५३८३, रा १ ख २८१ नम्बरका तीनवटा बस र बा ३ च ७५६१ नम्बरको बोलेरो जीप माओवादी कार्यकर्ता तथा उनीहरुका बन्दोबस्तीका सामान ओसारपसारमा प्रयोग भएको भन्दै झण्डै दुई वर्ष नियन्त्रणमा लिएर आँफै चलाएको थियो ।

२०५८ मंसिर ८ गते नियन्त्रणमा लिएका ति गाडीहरु २०६० भदौ १० गतेसम्म सेनाले आँफै प्रयोग गरेको थियो । पछि ति गाडीहरु सेनाले योगीलाई बुझाएको थियो। सर्वोच्चले जिल्ला प्रशासन कार्यालयलाई उक्त रकम क्षतिपूर्तिका लागि संघीय सरकारलाई सिफारीस गर्न र सरकारलाई क्षतिपूर्ति उपलब्ध गराउने परमादेश जारी गरेको छ ।।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्