२०८१ माघ १२ गते शनिवार

दाङका लालबहादुरको गुडिरहेकै गाडीको सिटमा मृत्यु, सँगै बसेका कसैले पत्तै पाएनन्



२३ कार्तिक,घोराही –
दाङको तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाका ५४ वर्षीय लालबहादुर वलीको गुडिरहेको गाडीको सिटमै मृत्यु भएको छ । राप्ती राजमार्गअन्तर्गत रुकुमबाट तुलसीपुर हुँदै नेपालगञ्जका लागि छुटेको बा प्र–०१००६–ख २५९४ नम्बरको हायस भित्र सिटमै बसेको अवस्थामा वली मृत्यु भएको हो ।

सँगै यात्रा गरिरहेका वलीको मृत्यु भइसकेको कुरा गाडीभित्रका कसैले पनि थाहा नपाएको प्रहरीले जनाएको छ । सल्यानको बागचौर नगरपालिका २ थारमारेमा आएर खाना खान गाडी रोकिएपछि मात्रै वलीको मृत्यु भइसकेको कुरा अरू यात्रुले थाहा पाएका जिल्ला प्रहरी कार्यालय सल्यानका हवल्दार वीरेन्द्र खड्काले बताउनुभयो ।

ठूलो टोपी लगाएर थोरै घोप्टो परेर बसेको अवस्थामा रहेको हुँदा कसैले पनि मृत्यु भएको होला भन्ने अनुमान नै नगरेको उहाँको भनाई छ । खाना खाएर आइसकेपछि भतिजी नाता पर्ने महिलाले बोलाउन खोज्दा वली नबोलेपछि उहाँको मृत्यु भएको थाहा पाएको हवल्दार खड्काले बताउनुभयो । मृतक वली अल्सरका बिरामी रहेको आफन्तले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार वली रुकुम पश्चिमको चौरजहारी नगरपालिका १२ नुवाकोटमा तिहारको टीका लगाउन जानुभएको थियो । त्यहाँबाट फर्किदै गर्दा वलीको यात्राकै क्रममा मृत्यु भएको हो ।।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्