२०८१ माघ ४ गते शुक्रवार

दाङमा छुट्टा छुट्टै घटनाका दुई फरार अभियुक्त पक्राउ



२३ कात्तिक,घोराही –
दाङमा प्रहरीले छुट्टा छुट्टै घटनाका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुर बस्ने ६४ वर्षीय जग्गु चौधरी र सोहि वडाका मसुरिया बस्ने २८ वर्षीय सुभास चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । सुभास चौधरीलाई सामुहिक जवरजस्ती करणी गरेको अभियोगमा दाङ देउखुरी जिल्ला अदालतले २०७३ भदौ २६ गते १० वर्ष ३ महिना १७ दिनको कैद सजाए तोकेको थियो । अदालतको फैसला पछि फरार रहेको उनलाई खोत तलासीको क्रममा राप्ती गाउँपालिका ३ बाट सोमबार पक्राउ गरिएको हो ।

त्यस्तै अर्का जग्गु चौधरी कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १२ वर्ष पछि पक्राउ परेका छन । दाङ देउखुरी जिल्ला अदालतबाट २०६६ साल बैशाख २७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद सजाए तोकिए पछि फरार रहेका प्रतिवादीलाई आईतबार कविलबस्तुबाट पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ परेका दबैजनालाई सोमबार दाङ देउखुरी जिल्ला अदालत बुझाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्