२०८१ फाल्गुन ४ गते आइतवार

तुलसीपुरमा यस बर्ष देउसी–भैलो खेल्न नपाईने



२४ कार्तिक । तुलसीपुरमा यस बर्षको तिहारमा देउसी–भैलो खेल्न नपाईने भएको छ । कोरोना संक्रमित र मृतकको संख्या बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकामा बसेको सर्वदलिय सर्बपक्षीय बैठकले तिहारमा देउसी–भैलो खेल्दा कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय सभा सदस्य कोमल वलीले गरिव तथा विपन्न व्यक्तिको पहिचन गरेर निशुल्क कोरोणा परीक्षण गर्ने व्यवस्था मिलाउन आग्रह गरिन् । कोरोनाबाट बाहिर आउन टोल–टोलमा पुगेर बिरामी खोजेर उनिहरुको निशुल्क पीसीआर गर्ने व्यवस्था गर्न आवश्यक रहेको सदस्य वलीको भनाई छ ।
तुलसीपुरमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ५ सय ८८ पुगेको छ । त्यसैगरी सक्रीय संक्रमितको संख्या १ सय ९२ जना पुगेको छ । त्यसैगरी कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत ३ जनाको अवस्था भने गम्भिर रहेको कोभिड १९ तुलसीपुर उपमहानगरपालका फोकल पर्सन बिमल केसीले जानकारी दिए । बैठकमा विभिन्न राजनितक दल, संघसंस्था, सुरक्षाकर्मी, वडाध्यक्ष लगाएतको सहभागिता रहेको थियो

प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्