२०८१ चैत्र ११ गते सोमवार

राप्ती प्राविधिक शिक्षालय लालमटियामा रहेको कोरोना आइसोलेसन अस्पताल बन्द



२४ कार्तिक । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिबेशन चल्ने भएपछि राप्ती प्राविधिक शिक्षालय लालमटियामा रहेको कोरोना आइसोलेसन अस्पताल बन्द हुने भएको छ । मंसिर १ गतेदेखि आईसोलेसन बन्द हुन लागेको हो । शिक्षालयको आइसोलेशन सेन्टर बन्द हुने भएपछि देउखुरीका चार स्थानीय तहले आफै छुट्टा-छुट्टै आइसोलेशन बनाउने तयारी थालेका छन् ।

लमही नगरपालिकाले सहिद नेत्रलाल अभागि स्मृति प्रतिष्ठानको भवनलाई आइशोलेसन केन्द्रको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण तथा रोकथामको लागि स्थापना सहिद नेत्रलाल अभागि स्मृति प्रतिष्ठानको भवनमा रहेको क्वारेन्टाइनलाई आइशोलेसन केन्द्रको रूपमा सञ्चालन गर्ने निर्णय गरेको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिए ।
सोमबार लमही नगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक कुलबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै लमही नगरपालिका क्षेत्र भित्र उपभोक्त, व्यापारी तथा आम नगरबासीलाई पालना गर्नुपर्ने जनस्वास्थ्य अत्यावश्यक मापदण्ड अनिवार्य रूपमा पालना गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले तिहारको अवसरमा आम नगरबासीलाई शुभकामना दिदै, दिपावलीको अवसरमा यसपटक ९कोभिड १९० को संक्रमणलाई मध्यनजर गर्दै, देउसी भैलो खेल्ने, खेलाउने कार्य नगरी घरमै बसेर स्वास्थ्य सुरक्षाका मापदण्डअनुसार दिपावली मनाउन आम नगरबासीलाई अनुरोध गर्ने निर्णय गरेको लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले जानकारी दिए

प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्