२४ कार्तिक । दाङमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ५ सय नाघेको छ । जिल्ला स्वस्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ४ पुगेको छ । जसमध्ये ४ सय ३४ जना होम लाइसोलन मै छन् भने ७० जना मात्र संस्थागत आइसोलेनमा रहेका छन् ।
आजसम्म दाङमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ४ पुगेको छ। जसमध्ये १ हजार ९ सय ८१ जना भने डिस्चार्ज भएका छन् । १९ जनाको मृत्यु भएको चन्दले बताउनुभयो । आजसम्म जिल्लामा २० हजार ५ सय ६९ जनाको स्वाब संकलन गरिएको छ।
प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार