२०८१ चैत्र ११ गते सोमवार

रुकुम पश्चिममा स्वास्थ्यकर्मी सहित थप ६ जनामा कोरोना संक्रमन पुष्टि



२४ कार्तिक ।
रुकुम पश्चिममा स्वास्थ्य कर्मी सहित थप ६ जनामा नोवेल कोरोना भाइरस संक्रमन पुष्टि भएको छ । जिल्लाको चौरहजारी नगरपालिकामा रहेको आरटी पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा थप ६ जनालाई संक्रमन भएको पाइएको हो ।
कोरोना संक्रमित हुनेहरुमा चौरजहारि नगरपालिका ६ का १७ र ७० वर्षका दुई महिला, आठविसकोट नगरपालिकाका २ का १९ बर्षीय भारत बाट आएका पुरुष र काठमान्डौँबाट आएका वडा नम्बर १२ का १८ वर्षीय पुरुषमा कोरोना देखिएको छ । यस्तै मुसिकोट नगरपालिका १ का २५ वर्षीया महिला स्वास्थ्य कर्मी र सानिभेरी गाउँपालिका ११ का २८ वर्षीय एक स्वास्थ्य कर्मीमा पनि कोरोना भाइरस संक्रमन पुष्टि भएको छ ।
यस सँगै जिल्लामा कोरोना भाइरस संक्रमित हुनेको कुल सङ्ख्या १ सय ९५ पुगेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित मध्ये १ सय ७० जना स्वस्थ्य भएर डिस्चार्ज भैसकेका छन भने अव २४ जना सक्रिय संक्रमित रहेका छन । सबैको स्वास्थ अवस्था सामान्य रहेको छ ।
यसैविच जिल्लामा हाल सम्म कोरोना भाइरस संक्रमन भए नभएको पत्ता लगाउन ९ हजार ९ सय ४३ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।।

प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्