२०८१ माघ २६ गते शनिवार

कोरोना संक्रमण न्युनिकरण गर्न तुलसीपुरमा विद्यालय बन्द



२४ कार्तिक । कोरोनाको जोखिम बढ्दै गएपछि तुलसीपुरका विद्यालय बन्द हुन थालेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र वडा नम्बर ७ ले संक्रमण जोखिम न्युनिकरणका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । सोमबारदेखि केहि दिनका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ अन्र्तगत सम्पुर्ण विद्यालय बन्द हुने वडा अध्यक्ष बिरेन्द्र शाहले जानकारी दिनुभयो । यस्तै आज आइतबारदेखि वडा कार्यालयको नियमित सेवा पनि केहि दिनका लागि बन्द गरिएको अध्यक्ष शाहले बताउनुभयो ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि जोखिम न्युनिकरणका लागि वडा कार्यालय र वडाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको तुलसीपुर–७ अध्यक्ष टोपबहादुर केसीले जानकारी दिनुभयो । आजदेखि वडा नम्बर ७ मा रहेको सरकारी तथा निजि विद्यालय मंसिर २ गतेसम्मका लागि बन्द हुने उहाँको भनाई छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्