२४ कार्तिक ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनले मृगौला रोगबाट पीडित हुनुभएका सञ्चारकर्मी वलविर नेपालीलाई नगद ५ हजार सहयोग गर्नु भएको छ ।
लामो समयदेखि मृगौला रोगबाट थलापरेका नेपालीको अहिले घोराही स्थित गोरखा पब्लिक हस्पिटलमा ईर्मेजेन्सि कक्षमा उपचार भईरहेको छ । आज अध्यक्ष प्रियासनले अस्पतालका प्रशासक दिनेश आचार्यलाई भेटी नेपालीको उपचारमा केही सहुलियत प्रदान गर्न आग्रह गर्नुभयो । आचार्यले अस्पतालकोतर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अध्यक्ष प्रियासनले सञ्चारकर्मीको उपचारको व्यवस्था गरेर जीवन रक्षा गरिदिन सबैमा आग्रह गर्दे आर्थिक अवस्था कमजोर भएका सञ्चारकर्मीहरुको उपचारको व्यवस्था राज्यले गर्नुपर्ने बताउनुभयो ।
रोल्पाको रुन्टिगढि गाउँपालिकाका वलविर नेपालीलाई मृगौलामा समस्या देखिएको छ । सोही समस्याका कारण अहिले वलविरको मुखसहित पुरा ज्यान शुनिएको छ । नेपालीले विगतमा विभिन्न मिडियामा काम गर्नु भएको थियो भने अहिले बास्तबिक युटुब खबर च्यानल संचालन गर्दै आउनुभएको छ ।
क्रिटिनिन (मृगौलाले काम नगरेपछि रगतमा देखिने वेस मेटरियल)को मात्रा बढेपछि नेपालीमा यस्तो समस्या देखापरेको हो । पिडित नेपालीले आज सम्म सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्नुभएको छ । साथै थप उपचारमा आर्थिक अभाब भएको हुँदा सबैसंग जिवन रक्षाको माग गर्दै सहयोग गर्न अनुरोध गर्नुभएको छ ।