२४ कार्तिक । जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं ११ झाप्राले सिफारिसबाट चर्को शुल्क उठाएको छ । २०७७ साल कार्तिक मात्र राखेर गते समेत नराखी वडाले स्थानीय विष्णु खड्कालाई हकदार सिफारिस दिदा उक्त रकम असुली गरेको छ । स्थानीय अनुसार,सामान्यतय गाउँपालिका,नगरपालिकाले हकदारको सिफारिस लिन २५० देखी ५०० सम्मको स्थानियतहको ब्यबस्था भयतापनी ११ नम्बर वडा झाप्राले चर्का शुल्क असुली गर्दै आएका छन । बिडम्बना ः सम्बन्धित निकायहरु,जिल्ला प्रशासन कार्यालयहरु भने अनुगमनको बेखबर अबस्थामा रहेका छन । गाउँगाउँमा सिंहदरबार होईन शोषक दरबार आएको स्थानीयको गुनासो रहेको छ । यो नगरको एउटा नमुना मात्र हो,नगरपालिकामा यस्ता थुर्पै कार्यहरु भईरहेका छन ।
सामाजिक संजालमा आक्रोश
यस्ता कार्यका लागी सामाजिक संजाल फेसबुकमा ललित बस्नेत लेख्नु हुन्छ“लुटिखाने ठाउँ हो या जनताको हकहित,यस्तै अर्का दिपेश ओली लेख्नुहुन्छ – वडाहरु या लुट्ने ब्यवसायी यस्तै अर्का क।रिजार्टले लेख्नुहुन्छ,अब लुटेरै सक्ने भए”सामाजिक संजालमा यस बिषयक चर्को आलोचना भईरहेको छ । तर सम्बन्धित निकायहरु भने चरम बेखबर गरिरहेका छन ।
प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार