२०८१ माघ ७ गते सोमवार

दाङको एक घरमा आगलागी, ६ लाख ५० हजारको क्षति



२३ असोज, घोराही – दाङको गढवा गाउँपालिका– १ कालाकाटे स्थित मीनबहादुर केसीको घरमा आगलागी भएको छ । शुक्रबार राति घरगोठमा आगलागी भएको हो । आगलागीका कारण एक तोलाको सुन, एउटा खसी, गाईको बाच्छी, भर्खरै बुझेको वृद्धभत्ता १६ हजार, घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै जलेर नष्ट भएको छ। त्यस्तै गोठमा बाँधिएको खसी पनि जलेर खरानी भएको छ ।

आगलागीका कारण करिब ६ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुुभयो। शुक्रबार साँझ खानपिन गरेर सबै सुतिसकेको अवस्थामा एक्कासि १२ बजेतिर आगलागी भएको प्रहरी प्रवक्ता रिजालले बताउनुुभयो। आगलागीबाट भएको क्षतिको मुचुल्का शनिबार बिहानमात्रै बनाएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागी के केसरी भएको कारण पत्ता लागिसकेको छैन।। देशसंचारबाट

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्