२०८१ माघ ४ गते शुक्रवार

सरकारी कम्पनीले ल्याएका खसीबोकाको बिक्री सुरु



२३ असोज,घोराही –
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि आजदेखि खसीबोका बिक्री सुरु गरेको छ । खाद्यको थापाथलीमा रहेको प्रधान कार्यालयबाट खसीबोका बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहानसम्म दाङ र मकवानपुरबाट ५ सय ३० खसीबोका लगिएको छ । यो वर्षको दशैँमा खाद्यले दाङबाट ८ सय र मकवानपुरबाट एक हजार दुई सय खसीबोका लैजाने खनालले बताउनुभयो । खाद्यले प्रतिकिलो ५ सय ४५ देखि पाँच सय ६५ रुपैयाँमा खसीबोका खरिद गरेको छ ।

खाद्यले बेच्ने मूल्य भने प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ । गएको वर्ष खाद्यले ५ सय ५० रुपैयाँमा बिक्री गरेको थियो गतबर्षको तुलनामा यसपालि उपभोक्तालाई ९० रुपैयाँ महँगो पर्ने भएको छ ।।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्