२०८१ माघ ७ गते सोमवार

आज १४७ औं विश्व हुलाक दिवस



२३ असोज,घोराही –
आज १४७ औं विश्व हुलाक दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । ‘पुनरुत्थानका लागि नवप्रवर्तन’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो । विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको थियो । सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

यसैबिच जिल्ला हुलाक कार्यालय दाङले विश्व हुलाक दिवसको अवसरमा ३ दिने विभिन्न कार्यक्रमको आयोजना गरेको छ । ३ दिन सम्म विभिन्न कार्यक्रमको आयोजना गरिएकोे जिल्ला हुलाक कार्यालय दाङ प्रमुख शोभाराम बस्नेते जानकारी दिनुभयो ।

दिवसको अवसरमा सेवाग्राहीलाई सम्मान, सरसफाई, दिपावली, कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम रहेको उहाँको भनाई छ ।।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्