२४ भदौ,घोराही – कोरोना भाइरस संक्रमणको जोखिमका कारण अघिल्लो वर्षका चाडपर्व सुनसान जस्तै बनेका थिए । यस वर्ष भने भीडभाड बढेको देखिन्छ । सरकारले सामूहिक भेला हुनबाट रोकेको छैन । पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् ।
तर जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञले आग्रह गरेका छन् । सकेसम्म घरमै मनाउन र भौतिक दूरी कायम गर्न उनीहरुको आग्रह छ । त्यस्तै तीज पर्वका अवसरमा यता जिल्ला प्रशासन कार्यालय दाङले पनि २५ जनाभन्दा धेरै जम्मा नहुन आग्रह गरेको छ ।
यता दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले स्वास्थ्य मापदण्ड पालनासहित तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै मनाउन आग्रह गर्नुभएको छ ।यसपाली प्रशासनले सार्वजनिक सुचना जारी नगरेपनि विगतको सुचना र निणर्य नै यथावत रहेको बताएको छ ।।