२५ साउन, दाङ –
दाङमा ग्वारखोलाले बगाउँदा आमाछोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालेका अनुसार तुलसीपुर ४ सिम्लेनीका ३६ वर्षिय अमृता घर्ती र उहाँका दुई वर्षिय छोरा रुद्र रहेका छन् ।
तुलसीपुर १९ पतेनीमा माइत जाने क्रममा आज दिउँसो साढे २ बजे ग्वारखोलाले बगाउँदा आमाछोराको नै मृत्यु भएको डिएसपी रिजाल बताउनुुभयो । शबलाई पोष्ट्रमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।घटनाको बारे आबश्यक अनुसन्धान भईरहेको छ ।।
प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार