२०८१ चैत्र १० गते आइतवार

तुलसीपुरको पातुखोलामा एक व्यक्ति मृत फेला



२५ साउन, घोराही –
दाङ तुलसीपुरको पातुखोलामा एक व्यक्ति मृत फेला परेका छन् । मृत्यु हुनेमा तुलसीपुर ८ टिकरीका ४५ बर्षिय चुलुवा चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । घर नजिकै पातुखोलामा गएराती नुहाउन जानु भएका चौधरीको राती नै शव फेला परेको हो ।

चौधरीलाई नुहाउने क्रममा पातुखोलामा आएको बाढिले बगाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले
बताएको छ । घटनाको बारे आबश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्