२५ साउन, रुकुम –
रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट अक्सिजन उत्पादन सुरु भएको छ । चौरजहारी नगरपालिकाको १ करोड १० लाख लगानीमा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको थियो ।
प्लान्टले अक्सिजन उत्पादन समेत गर्न थालिसकेको छ । प्लान्टले दैनिक ४० लिटर क्षमताका ३२ देखि ३६ वटा सिलिन्डर भर्न सक्ने अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिनुभएको छ ।
चौरजहारी नगरपालिकाको पूर्ण लगानीमा अक्सिजन प्लान्ट स्थापना भएको उहाँको भनाइ छ । नगर प्रमुख विशाल शर्माका अनुसार अरू समयमा पनि अक्सिजन आवश्यक भइरहने र कोरोनाको कारणले पनि अक्सिजन प्लान्ट जडान गरिएको हो ।।
प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार