२०८१ साउन ५ गते शनिवार

दाङमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा आमाछोरा घाइते



२५ असार,दाङ-दाङमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तुलसीपुरबाट पश्चिम रगैचातर्फ जाँदै गरेको रा ७ प ७८६७ नम्बरको मोटरसाइकल हिजो बेलुका साढे पाँच बजेतिर दङ्गीशरण गाउँपालिका ७ बाँकामा अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार आमाछोरा घाइते भएका भएका छन्।

दुर्घटनामा परी शान्तिनगर गाउँपालिका ५ का ७३ वर्षीय नन्दकली खड्का र उहाँका ४७ वर्षीय छोरा वेदबहादुर खड्का घाइते हुनुभएको हो।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मोटरसाइकलमा पछाडि नन्दकली खड्काको दुबै हात,टाउको र मुखमा चोट लागेको छ। उहाँको अवस्था मध्यम रहेको छ भने मोटरसाइकल चालक छोरा वेदबहादुर खड्काको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्