२०८१ साउन ५ गते शनिवार

दंगीशरणमा मोटरसाइकल दुर्घटना हुदा एकजना घाइते



२५ असार, दाङ-दाङको दंगीशरणमा मोटरसाइकल दुर्घटना हुदा एकजना घाइते भएका छन् । घाइते हुनेमा शान्तिनगर गाउँपालिका–५ निवासी ७३ वर्षीय नन्दकली खड्का रहेको इलका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुरबाट रगैजातर्फ जादै गरेको रा ७ प ७८६७ नम्बरको मोटरसाइकल दंगीशरण–७ बाकामा हिजो बेलुका आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकी खड्काको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज नर्सीङहोममा रिफर गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । मोटरसाइकल चालक सोही ठाउँका ४७ वर्षीय बेद बहादुर खड्का पनि सामान्य घाइते भएको र उपचारमा उहाँको छोरा संलग्न रहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्