२०८१ जेष्ठ ३० गते बुधवार

५० हजार घुससहित रोल्पा गंगादेव गाउँपालिकाका इन्जिनियर पक्राउ



२५ असार, दाङ –

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियर नविन डाँगीलाई सेवाग्राहीबाट लिएको ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट गएको टोलीले मोटरबाटो निर्माण योजनाको नापी किताब बिल तयार गरिदिए बापत सेवाग्राहीसँग लिएको घुससहित गंगादेव २ स्थित स्वास्थ्य शाखाको भवनमा रहेको डाँगीकै निवासबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभएको छ । डाँगीका बारेमा थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।।

प्रकाशित मिति : २०७९ असार २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्