२५ असार, दाङ –
वनबाट ल्याएको च्याउको तरकारी खाँदा दाङको घोराहीमा ६ जना बिरामी भएका छन् ।
शनिवार बिहान नजिकैको वनबाट सङ्कलन गरी ल्याइएको च्याउको तरकारी पकाएर खाएका घोराही उपमहानगरपालिका – ११ खैरा बस्ने ४२ वर्षीय भोला बीसी र उहाँका छोरीहरू २० वर्षीया सोनु बीसी तथा १५ वर्षीया पविता बीसी रहेका छन् ।
त्यसैगरी घोराही – १२ हापुर बस्ने ४२ वर्षीय लाल बहादुर बस्नेत, श्रीमती ४० वर्षीया सान्ता बस्नेत र छोरा १६ वर्षीया समिर बस्नेत बिरामी भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
च्याउको तरकारी खाएको केही समयमा उहाँहरु बिरामी भएको प्रहरीले जनाएको छ । उहाँहरु सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।