२०८१ असार ६ गते बुधवार

नेपालमा पनि बढ्यो ‘नैरोबी फ्लाई’ किराको जोखिम



२५ असार,घोराही – भारतका विभिन्न ठाउँमा फैलिरहेको ‘नैरोबी फ्लाई’ का बिरामी नेपालमा पनि देखिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म नेपालमा पाँचजना संक्रमित भेटिएका छन् ।

महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हालसम्म झापा, कञ्चनपुर र काठमाडौंको सिभिल अस्पतालमा उपचारका लागि आएकामा यसको संक्रमण देखिएको बताउनुभयो ।

विश्वका २० भन्दा बढी देशमा नैरोबी फ्लाईको संक्रमण फैलिएको र छिमेकी मुलुक भारतमा पनि यसको संक्रमण बढ्दै गएका वेला यसका संक्रमित नेपालमा पनि देखिन थालेका हुन् ।।

 

प्रकाशित मिति : २०७९ असार २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्